Comments Add Comment

Advertisment

SKIP THIS

गाउँपालिकाद्वारा पन्ध्र शय्याको अस्पताल सञ्चालनमा

२१ पुष , काठमाडौं । तनहुँ जिल्लाको पूर्वी नाकामा रहेको आँबुखैरेनी गाउँपालिकाले पन्ध्र शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पताल सञ्चालन भएसँगै गाउँपालिकाका नागरिकलाई उपचारमा सहज भएको छ । गण्डकी प्रदेशकै पहिलो इलेक्टोनिक्स हेल्थ रेकर्ड प्रविधि जडित अस्पतालबाट सेवा दिन थालिएकाले यहाँका बासिन्दालाई उपचारमा सहज भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

‘गाउँपालिकाले अस्पतालमा सञ्चालनमा ल्याएको करिब एक महिनाको अवधिमा प्रविधिमैत्री बनाइएको हो । अबको दुई महिनापछि शल्यक्रिया सेवासमेत उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको छ’, उनले भने, ‘पेपररहित कार्यले बिरामीले कागजको भारी बोकेर अस्पताल धाउनुपर्ने समस्या अन्त्य हुने विश्वास लिएका छौँ ।’

भिडियो एक्सरे, एक्सरे, ल्याब परीक्षणको रिर्पोट र चिकित्सकले रिर्पोटको आधारमा लेखिदिएको औषधिसमेत सबै जानकारी मोबाइलमा आउने व्यवस्था मिलाइएको अस्पताल प्रशासन शाखाका प्रमुख मुकेशकुमार शाहले जानकारी दिए ।

नयाँ प्रविधिसहित सबै कोठामा कम्प्युटर जडानका लागि पचास लाख खर्च भएको गाउँपालिका कार्यालयले जनाएको छ । कर्मचारीलाई उक्त प्रविधि सम्बन्धी तालिम प्रदान पश्चात् प्रयोगमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अगमराज उपाध्यायले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै