Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्रमा आईजीपी अर्याल सुरुमै निरीह

२२ वैशाख, काठमाडौ । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेल एआईजीमा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार पौडेललाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम एआईजीमा बढुवा सिफारिस गरेको हो ।

सशस्त्रमा दुई वटा एआईजी पद रिक्त भए पनि पौडेललाई आईजीपीको एकल दाबेदार बनाउन र सिनियारिटी देखाउन एकल बढुवा सिफारिस गरिएपछि उच्च अधिकारी असन्तुष्ट बनेका छन्। वैशाख १८ गते आईजीपी नियुक्त भएका राजु अर्यालले संगठनमा विधिपद्धती कायम गर्न भूमिका खेल्ने आंकलन गरिए पनि उनी राजनीतिक नेतृत्वसामु निरीह देखिएका छन् । संगठन सुदृढीकरण गर्ने र विधिसम्मत सरुवा बढुवा गर्ने प्रतिबद्धता जनाएका अर्याल सुरुवातमै वेथितिको साझेदार बनेका छन् ।

उनी सदस्य सचिव रहेको बढुवा सिफारिस समितिले अमूक अधिकारीको फाइदाका लागि योजनाबद्धरुपमा एकल बढुवा सिफारिस गरेको हो। सशस्त्रमा रिक्त दुई एआईजीमा बढुवाका लागि चार जना डीआईजीले आवदेन दिएका थिए । पौडेलसहित चन्द्रप्रकाश गौतम, वंशी दाहाल र किशोर प्रधानको आवेदन परेको थियो। प्रधानले एआईजी बढुवाका लागि निवेदन दिए पनि आवेदकमध्ये कनिष्ठ भएका कारण उनको सम्भावना कम थियो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै