Comments Add Comment

मानव बेचबिखनका आराेपित पवन खड्का पक्राउ

मानव बेचबिखनकाे मुद्दा लागेका बाँकेको पवन खड्का काठमाडौ बाट पक्राउ परेका छन् ।खड्कालाई मानव बेचबिखन व्युराे काठमाडौकाे टाेलीले बबरमहल बाट पक्राउ गरेको हाे ।पक्राउ परेका खड्कालाई दुई वटा मुद्दा रहेको प्रहरी बताएको छ ।एउटा मुद्दामा काठमाडौ जिल्ला अदालत बाट धराैटिमा रिहाइ भएका खड्काको अर्को मुद्दा ब्युरोमा रहेको प्रहरीले बताएको छ ।

मानव बेचबिखन ब्युरो का एक एसपीका अनुसार निज खड्काले व्यवसायीक रुपमा मानिसहरुलाई अवैधानिक बाटो हुदै अमेरिका पठाउने काम गरेको भेटिएको छ ।विगतमा केही व्यक्तिहरुलाई खड्काले अमेरिका पठाउने नाममा ठगि गरेको कारणले उनलाई मुद्दा दर्ता भएको प्रहरीले बताएको छ ।

खड्काले अहिले पनि विभिन्न ब्यक्तिलाई अमेरिका पठाउने नाममा दुवई लगाएतका ठाउँहरुमा अलपत्र पारेको विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। अदालत बाट म्याद थप गरि खड्कालाई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै