काठमाडौं: कतारबाट काठमाडौं आएका पाँच जना सुनसहित पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गबाट पाँच जनालाई आइतबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
भोजपुरका २४ वर्षीय अमृतधन राई, सुनसरीका ४४ वर्षीय नजिर मन्सुर, धनुषाका ४९ वर्षीय कारी इसार केबट, खोटाङका २८ वर्षीय अर्जुन भट्टराई र गोरखाका ३० वर्षीय अनिष थापा पक्राउ परेका हुन्।
कतारको उडानबाट काठमाडौं आइपुगेका चार जनाले भन्सार छलेर सुन भित्र्याएको भन्ने सूचना प्रहरीले पाएको थियो।
उक्त सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई सिनामंगलमा फेला पारी सुन बरामद गरेको एसपी रेग्मीले बताए
उनीहरूबाट २६ लाख ५१ हजार ८९५ बराबरको २१४.३६ ग्रामको सुन र ५०.०१ ग्रामको तीन वटा सिक्री बरामद गरेको छ।
भन्सार ऐन, २०६४ अन्तर्गत थप अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ।







