Comments Add Comment

Advertisment

SKIP THIS

सी डिभिजन लिगमा झापाको पाँचौँ जित

२४ बैशाख , काठमाडौं । सहिद स्मारक सी डिभिजन लिगमा झापा फुटबल क्लबले पाँचौँ जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार बिहान भएको खेलमा झापाले सानेपा क्लबलाई २–१ को गोलअन्तरले पराजित गरेको हो ।

झापाका लागि हरिबहादुर आले मगरले २ गोल गरे भने सानेपाको लागि महेन्द्र शाहीले १ गोल फर्काए । झापाका मगर म्यान अफ द म्याच घोषित भए ।

आजको दोस्रो खेलमा वीरगन्ज युथ एकेडेमी र समाज कल्याण खेलकुद केन्द्र दिउँसो पौने १ बजे आमने सामने हुनेछन् । वीरगन्ज ३ अंकसहित तालिकाको १३औँ स्थानमा छ भने ७ अंकसहित समाज कल्याण आठौँ स्थानमा छ ।

तेस्रो खेलमा प्लानिङ ब्वाईज युनाईटेड र रानीवन स्पोटर्स क्लब दिउँसो ४ बजे भिड्नेछन् । ९ अंकसहित प्लानिङ ९ औँ स्थानमा छ भने रानीवन ७ अंकसहित सातौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै