Comments Add Comment

Advertisment

SKIP THIS

कपिलवस्तुमा गोली चल्यो

१६ मंसिर , काठमाडौं । कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ ।

कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतका अनुसार जिल्लाको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको हो ।

चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी दुई गोली लागेको छ । गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पु¥याइएको छ ।

गोली हान्ने व्यक्तिको पहिचान भएको छैन । भारतीय प्रहरीसँगको समन्वयमा गोली हान्ने व्यक्तिको खोजी र अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

धनगढीमा गोली चल्यो

रौतटहमा गोली चल्यो

Advertisment

छुटाउनुभयो कि? सबै

जिल्ला अदालत परिसरमा गोली चल्यो

रौतहटमा गोली चल्यो