२४ बैशाख , काठमाडौं । सशस्त्र प्रहरीद्वारा हतियार बरामद गरेको छ।

मधेस प्रदेश स्थित बाहिनीकाे स्क्वार्ड टाेली र स्थानीय सशस्त्र प्रहरीको सहयोगमा उक्त टाेलीले साे हतियार बरामद गरेको हो ।
बाराको सिम्राैनगढ नगरपालिका ९ बसबरियाबाट भारतीय माेटरसाइकलमा हिडेका दुई व्यक्ति उपर चेकजाँच गर्ने क्रममा उनीहरूकाे साथबाट साे हतियार बरामद गरेको हो ।


भारत बिहार घर भएका पप्पु कुमार यादव र अभिलेख कुमार सिंहका साथबाट चाइनिज पेस्तोल १ र साेकाे गाेली दुई र कटुवा पेस्तोल १ र साेकाे गाेली दुई समेत बरामद गरेको डिआइजी गणेश ठाडा मगरले जानकारी दिएका छन् ।




