Comments Add Comment

Advertisment

SKIP THIS

थुलुङ दूधकोशीमा माओवादी केन्द्रको प्रतिबद्धता–पत्र सार्वजनिक (पूर्ण पाठसहित)

२४ बैशाख , काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र), थुलुङ दूधकोशी गाउँपालिकाले आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ ।

यही बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा जीत हाँसिल गरेमा थुलुङ दूधकोशीमा माओवादी केन्द्रले ‘समाजवाद उन्मुख समृद्धिः आर्थिक विकास र सामाजिक न्यायमा अभिबृद्धि’ र ‘हाम्रो पालिका स्तरीय एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान’लगायतका प्राथमिकता (प्रतिबद्धता)हरु सार्वजनिक गरेको हो ।

थुलुङ दूधकोशी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट असिम राईले पुनः उम्मेवादरी दिएका छन् । ९ वटा वडा रहेको थुलुङ दूधकोशीमा आफूले सुरु गरेको विभिन्न निर्माणाधीन योजनाहरु पूरा गर्नुका साथै अन्य विभिन्न योजनाहरु ल्याएर मुलुककै नमूना गाउँपालिका बनाउनका लागि आफूले पुनः अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् । त्यस्तै अधिकांश स्थानीय जनताले पनि उत्कृष्ट थुलुङ दूधकोशी निर्माणका लागि असिम राईको विकल्प नभएको बताएका छन् ।

‘अर्थतन्त्रको प्रमुख आधारः कृषिमा आमूल सुधार’मा के–के छन् ?

– कृषिको आधुनिकीकरणसहित रुपान्तरणका लागि भूमिको उचित ब्यवस्थापन, सिंचाईको उचित ब्यवस्था, कृषिको यान्त्रिकीकरण र ब्यवसायिकरण, साना सझौला किसानहरुको सहकारी संगठन र समूहहरुको निर्माण, ठूलो परिमाणको उत्पादनसहित मूल्य अभिबृद्धि श्रृङ्खलामा जोड दिइनेछ ।

– कृषि उपजको समर्थन मूल्य तोकिनेछ । थुलुङ दूधकोशी गाउँपालिकामा शीत भण्डार, संकलन तथा प्रशोधन केन्द्र र कृषि बजारको ब्यवस्था गरिनेछ ।

– प्रत्येक कृषि पेशामा संलग्न किसानहरुलाई किसान परिचय–पत्र, कृषक पेन्सनको ब्यवस्था गरिनेछ र कृषिमा आमूल रुपान्तरणको लागि सहुलियत ऋण तथा अनुदान, ब्यवसायिक तालिम, प्रविधि र प्राविधिक जनशक्ति र बजारीकरणमा आवश्यक सहुलियतको ब्यवस्था गरिनेछ ।

– भू–उपयोगको नीति अवलम्बन गरी जमीन बाँजो राख्ने कार्यलाई निरुत्साहित गर्दै माटो जाँच, मलखाद, विउविजन, कृषि औजार र सिंचाईमा ऋण एवं अनुदानको ब्यवस्था गरी सामूहिक तथा ब्यवसायिक खेतीलाई प्रोत्साहन गरी उत्पादनमा जोड दिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment