Comments Add Comment

Advertisment

SKIP THIS

सातै प्रदेशमा सशस्त्र प्रहरीले अनुगमन टोली खटायो

२६ बैशाख , काठमाडौं । सशस्त्र प्रहरीहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरी व्यावसायिक र चुस्त दुरुस्त रुपमा जिम्मेवारी निर्वाहमा क्रियासिल गराउन सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकहरुको नेतृत्वमा बैशाख २५ गते सबै प्रदेशमा एक÷एक टोली परिचालन गरेको छ ।

कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु कमल प्रसाद तिउसिना गण्डकी प्रदेश, किरण बस्नेत नं. १ प्रदेश, उद्धव बहादुर न्यौपाने मधेस प्रदेश, राजेन्द्र खड्का सूदुपश्चिम प्रदेश, युवराज अर्याल लुम्बिनी प्रदेश, त्यसैगरी सशस्त्र प्रहरी उपरीक्षकहरु टोप बहादुर खनाल बाग्मती प्रदेश र अच्युत कुमार मजगैयाँ कर्णाली प्रदेशमा विशेष जिम्मेवारीका साथ निर्वाचन लक्ष्यीत सुरक्षाको लागि खटिएका हुन् ।

सो टोली प्रदेशस्थित सम्बन्धित विभिन्न कार्यालय तथा व्यक्तिहरुसँग समन्वय राखी निर्वाचनमा परिचालीत सशस्त्र प्रहरी जनशक्तिलाई उच्च मनोबलकासाथ कार्यक्षेत्रमा खटाई आवश्यक निर्देशन दिनुको साथै कार्यक्षेत्रमा भईपरि आउने समस्या तथा चुनौतीहरुलाई पन्छाउँदै शान्तिपूर्वक निर्वाचन सम्पन्न गरि फिर्ता हुने सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै