Comments Add Comment

Advertisment

SKIP THIS

वडाध्यक्षका उमेदवार चौधरीको मृत्यु

२७ वैशाख, काठमाडौं । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ दाङका वडाध्यक्षका उमेदवार लवरु चौधरीको मृत्यु भएको छ ।

एमालेबाट उमेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजोको विरामी थिए ।

चुनाव प्रचारकै क्रममा विरामी परेपछि उनलाई उपचारकालागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । तर, त्यहाँ पनि सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । त्यही क्रममा उनको निधन भएको उनको शवलाई दाङ लाने तयारी भइरहेको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै