Comments Add Comment

Advertisment

SKIP THIS

सर्पले टोकेर बालकको मृत्यु

२७ वैशाख, काठमाडौं । दार्चुलामा सर्पको टोकाइबाट एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महाकाली नगरपालिका–८ असिगडामा चार वर्षीय अनिलसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बेलुकी घरमा खेल्ने क्रममा बालकलाई सर्पले दायाँ हातमा टोकेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । बालकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो ।

जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत लैजाने क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment