हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमाले कार्यकर्ताहरूले कांग्रेसका वडा सचिवमाथि आक्रमण गरेका छन् ।
स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेस मनहरी गाउँपालिका-९ नम्बर वडा सचिवमाथि आक्रमण गरेका हुन् ।
सोमबार राति करिब साढे ११ बजेतिर एमालेका कार्यकर्ताहरूले कांग्रेस ९ नम्बर वडा सचिव शिवराज गिरीलाई अपशब्द प्रयोग गर्दै कुटपिट गरेकाे पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । गिरीले कांग्रेसका नेताहरूको उपस्थितिमा घटनाको विषयमा इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दर्ता समेत गराएका छन् ।कृष्ण उप्रेती, नवीन उप्रेती, ठाकुर अधिकारीलगायतले आक्रमण गरेर भागेको गिरीले बताए । आक्रमणबाट आफूलाई कानमा चोट लागेको उनले बताए ।
मनहरीमा एमाले कार्यकर्ताद्वारा कांग्रेस वडा सचिवमाथि आक्रमण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
महालेखा प्रतिवेदन : तारकेश्वर नगरपालिकामा वित्तीय व्यवस्थापन सुधार गर्नुपर्ने सुझाव
२०८३ असार १७ गते , बुधबार
३
तारकेश्वरका पत्रकारको संयुक्त खबरदारी : ‘प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप स्वीकार्य छैन’
२०८३ असार १२ गते , शुक्रबार
५
६
“द अनकाउन्टेड युथ्स”द्वारा तारकेश्वर–१ मा हरियाली अभियान : सरसफाइ र वृक्षारोपण सम्पन्न
२०८३ जेठ ३ गते , आइतबार
सम्बन्धित खवर
Advertisment



