Comments Add Comment

Advertisment

SKIP THIS

थप २१ जनामा कोरोना संक्रमण

२८ वैशाख, काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ७० पिसिआर परिक्षणका क्रममा १८ जना र ७ सय १८ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १६ जना कोरोना संक्रमित निको भएका छन् ।

हाल नेपालमा १ सय ८७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment