Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरमा मतपेटिका संकलनको काम जारी

३० बैशाख , काठमाडौं । ललितपुरमा ६ वटै पालिकामा राति ९ बजेसम्म पनि मत पेटिका केन्द्रमा संकलन भइरहेको छ ।

जिल्ला निर्वाचन प्रमुख गोमा धमलाले अझै सबै ठाँउका मत पेटिका संकलन नभएको जानकारी दिएकी छिन् ।

महानगरको मतपेटिका आइपुगे पनि संकलन गर्नेकाम नसकिएको जिल्ला प्रमुख धमलाले जानकारी दिइन् । उनले भनिन्, ‘अझैं १११२ बज्छ होला ।’

उनका अनुसार गोदावरी नगरपालिकाको वडा न. ८ र ९ नम्बरको मतपेटिका आउन बाँकी छ । कोञ्ज्योसोम, वाथमती र माहाँकाल गाँउपालिकाको मत पेटिका पनि संकलन भइरहेको धमलाले बताइन् ।

ललितपुरको दक्षिणी भेगका माहाँकाल, वागमती र कोञ्ज्योसोम गाँउपालिका पहाड र अप्ठ्यारो बाटो भएका कारण मतपेटिका ल्याउन समय लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

तत्काल मतपेटिका नकिन्न आदेश

Advertisment

छुटाउनुभयो कि? सबै

तत्काल मतपेटिका नकिन्न आदेश