Comments Add Comment

Advertisment

SKIP THIS

युद्ध अध्ययन संस्था भन्छ– ‘युक्रेनी फौजले खार्किभको युद्ध जितेजस्तो देखिन्छ’

३१ बैशाख , काठमाडौं । जारी रुसी आक्रमणका क्रममा युक्रेनी फौज खार्किभ शहरको युद्धमा ‘विजयी भएजस्तो देखिएको’ एउटा युद्ध अध्ययन संस्थाले जनाएको छ ।

युद्धबारे अध्ययन गर्ने ‘इन्स्टिच्युट फर द स्टडी अफ वार’ ले जारी गरेको प्रतिवेदनमा रुसी फौज पछि हट्दै गएको जनाइएको छ ।‌ रुसले सो क्षेत्रमा आफ्ना सैनिकको स्थानमा भाडाका लडाकु र साझेदार देशका फौजलाई खटाइएको समेत प्रतिवेदनमा उल्लेख छ ।

‘त्यसैले युक्रेनी फौजले खार्किभको युद्ध जितेजस्तो देखिन्छ ।’ प्रतिवेदनलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।

रुसी फौजले शहरलाई रुसी कब्जामा जान मात्रै नभइ घेराबन्दीमा पार्नबाट समेत जोगाएको इन्स्टिच्युटले जनाएको छ ।

केही अपवादबाहेक धेरैजसो मोर्चामा रुसी फौजले युक्रेनी सेनाको प्रत्याक्रमणको सामना गर्ने प्रयत्न समेत नगरेको प्रतिवेदनमा उल्लेख छ ।

हाल युक्रेनी फौजको नियन्त्रण खार्किभभन्दा ४० किलोमिटर पूर्वमा रहेको सिभेर्स्की डोनेट्स नदीसम्म रहेको गार्जियनले जनाएको छ ।

रूसी फौजले खार्किभमा पराजय भोगेको खण्डमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको‌ युद्ध लक्ष्यमा ठूलो धक्का लाग्ने टिप्पणी गरिएको छ ।

रुसी भाषीको बाक्लो बसोबास रहेको तथा रूसी सीमाबाट केबल ५० किलोमिटरको दूरीमा रहेको खार्किभ शहरमा रुसी सैनिकले सहजै कब्जा गर्ने अनुमान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै