०३ जेठ , काठमाडौं । नेपाली कांग्रेसबाट बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्री कृष्ण भँडेलको वडामा एमालेले सानदार जीत हासिल गरेको छ । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ४ मा एमालेको प्यानल नै विजयी भएको छ । मन्त्री भँडेलको उक्त वडामा एमालेले कांग्रेसलाई क्लिन स्वीप बनाएको छ । एमालेको तर्फबाट उपमेयर पदका रमेश बुढाथोकीको वडा नं. ४ मा मन्त्री भँडेलको राजनीतिक अस्थित्वलाई संकट बनाइदिएको छ ।
उक्त वडामा एमालेका वडाध्यक्ष रोजबहादुर तामाङले १३ सय ३७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको प्रतिद्वन्दी कांग्रेसका बलबहादुर श्रेष्ठले १ हजार ९९ मत ल्याई उपविजेता बन्नुभयो । वडा नं. ४ मा कांग्रेसका मन्त्री भँडेललाई चुनौति दिँदै एमालेको प्यानलै सानदार रुपमा विजयी भएको हो । वडाध्यक्ष तामाङसहित सदस्यहरुमा प्रदीप खनाल, बिजय तामाङ, सन्चिता ढुंगाना र राममाया मिजार विजयी हुनुभएको छ ।
नगरपालिको वडा नं. १ देखी ६ सम्मको मतपरिणाम अनुसार नगरपालिकामा एमालेको मेयर पदका उम्मेदवार विना बास्तोलाले ६ हजार ६ सय ५० मत प्राप्त गर्नुभएको छ । भने उहाँका प्रतिद्वन्दी कांग्रेस मेयर जिवन खत्रीले ६ हजार २ सय ६० मत प्राप्त गर्नुभएको छ । त्यस्तै एमालेको तर्फबाट उपमेयर पदका उम्मेदवार रमेश बुढाथोकीले ८ हजार ५ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका उमेयर पदका उम्मेदवार सुवर्ण काफ्लेले ६ हजार दुई सय ५५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै आज मतपरिणाम सार्वजनिक भएको सूर्यविनायक वडा नं. ५ को नतिजाबाट कांग्रेस जिल्ला कार्य समितिका सभापति दुर्लभ थापा तथा सूर्यविनायक नगरपालिकामा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार निशान ढुंगेलको वडामा समेत एमालेले कांग्रेसलाई क्लिन स्वीप बनाउँदै आफ्नो विजयी यात्रा अगाडी बढाएको छ । एमालेका वडाध्यक्ष राजकुमार जोशीले कांग्रेसलाई अत्याधिक मतका साथ प्यानलै विजयी गराउँदै कांग्रेसलाई हराउनुभयो । योसँगै कांग्रेसको भक्तपुरमा राजनीतिक संकट समेत पैदा भएको छ ।



