Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँमा बालेनलाई ६ हजार मतको अग्रता

३ जेठ , काठमाडौँ । स्वतन्त्र उम्मेद्वार बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा लगातार अग्रता बढाइरहेका छन् । उनले पछिल्लो समय एकपछि अर्को गरि मतान्तर बढाइरहेका हुन् । पछिल्लो मतपरिणामअनुसार बालेनले १३ हजार १८९ मत पाएका छन् ।

यस्तै दोस्रो स्थानमा रहेका एमालेका उम्मेद्वार केशव स्थापितले ७ हजार १०६ मत ल्याएका छन् । बालेनले स्थापितसँग ६ हजार ८३ मतको अग्रता लिएका छन् ।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ६२४७ मत ल्याएकी छन् । उपमेयरमा भने एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै