Comments Add Comment

Advertisment

SKIP THIS

५५५ पालिकाको मतपरिणाम सार्वजनिक : कुन दलले कति तह जिते ?

०५ जेठ , काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक हुनेक्रम जारी छ। अहिलेसम्म नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। ५५५ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा कांग्रेस पहिलो स्थानमा छ।

नेपाली कांग्रेस २४८ पालिकामा विजयी भएको छ। कांग्रेसले अहिलेसम्म २३४० पालिका उपप्रमुख जितेको छ। कांग्रेस प्रमुख पदमा ६४ स्थानमा अगाडि छ भने उपप्रमुख पदमा ५६ स्थानमा अगाडि छ।

अघिल्लो चुनावमा पहिलो स्थान हासिल गरेको नेकपा एमाले भने दोस्रो स्थानमा छ। एमालेले १५७ पालिकामा प्रमुख जितेको छ। उपप्रमुखमा भने एमालेले १६६ स्थानमा विजयी भएको छ। एमाले प्रमुख पदमा ४४ र उपप्रमुख पदमा ६८ स्थानीय तहमा अगाडि छ।

नेकपा माओवादी केन्द्र १०२ स्थानको प्रमुखमा विजयी भएको छ भने ११६ स्थानमा उपप्रमुख जितेको छ। माओवादी १३ प्रमुख र ३१ उपप्रमुख पदमा अगाडि छ।

जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख पदमा २० स्थानमा जित हात पारेको छ । एकीकृत समाजवादी, राप्रपा, लोसपालयातकाका दलले २८ स्थानमा जित हात पारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment