Comments Add Comment

Advertisment

SKIP THIS

वरीयता नमिचेकाे भए डीआईजी नै हुन्थे एआईजी विश्वराज पोखरेल

०५ जेठ , काठमाडौं । नेपाल प्रहरीमा सबैभन्दा बढी वरीयता मिच्दै अगाडि बढाइएका एआईजी विश्वराज पोखरेल आईजीपीमा नियुक्त नभएपछि सर्वोच्च अदालत गएका छन् ।

पोखरेल २०७७ मंसिर २४ गते एआईजीमा बढुवा भएका थिए। त्यतिबेला पनि वरीयता मिचेर र हुँदै नभएको दरबन्दी थप गरेर पोखरेललाई एआईजी बनाइएको थियो। डीआईजीमा बढुवा हुँदा पनि उनले बरियता मिचेका थिए। एसपीबाट एसएसपीमा बढुवा हुँदाबाट उनले बरियता मिच्न थालेका हुन्।

२०७४ साउन १९ गते एसएसपीमा बढुवा हुँदा पोखरेलले आफ्नो ब्याचका चारजना र अघिल्लो ब्याचका ७ जनालाई उछिनेका थिए। पोखरेलप्रति प्रहरीभित्र असन्तुष्टि त्यहीँबाट सुरु भएको थियो।

पोखरेलले त्यतिबेला आईजीपी शैलेश थापा क्षेत्रीको ब्याचलाई पनि त्यतिबेला उछिनेका थिए। एसएसपीबाट अगाडि लागेका पोखरेल डीआईजीमा पनि एकल बढुवा भए।

एसएसपीमा उनले आफ्नो ब्याचका सबै र अघिल्लो ब्याचका प्रकाशजंग कार्की, वशन्तकुमार पन्त, सञ्जयराज शर्मा, ईश्वरबाबु कार्की, दीलिपकुमार चौधरी, राजेशलाल कर्ण र देवबहादुर बोहरालाई पछि पारेका थिए।

डीआईजीमा एकल बढुवा हुँदा घनश्याम अर्याल, गणेशबहादुर ऐर र पुरुषोत्तम कँडेललाई पनि पछि पारे। २२ महिना पहिले नै अघिल्लो ब्याचलाई छाडेर डीआईजीबाट सिधै आईजीपी बन्न जोड गरेका थिए। तर त्यतिबेला एआईजीमै पछि परेपछि उनी आफ्नो ब्याचबाट आईजीपी हुनेमा ढुक्क थिए।

पोखरेलका लागि केपी ओली नेतृत्वको सरकारले महानगरीय प्रहरी कार्यालयमा एआईजीको दरबन्दी नै थपिदिएको थियो। त्यसअघिसम्म महानगरीय प्रहरी कार्यालयमा डीआईजीको दरबन्दी थियो।

तर, ओली सरकार बहिर्गमनको डिलमा पुगेपछि पोखरेललाई निर्विकल्प आईजीपीको बाटोमा धक्का लाग्यो। ओली सरकार ढल्ने बेलामा सहकुल थापालाई २०७८ असार २१ गते एआईजीमा बढुवा गरेको थियो।

थापा पनि पोखरेल जस्तै नयाँ दरबन्दी थपेर एआईजीमा बढुवा भएका थिए। उनका लागि कार्य र अपराध अनुसन्धान विभागलाई विभाजन गरिएको थियो। एसएसपी हुँदासम्म ब्याचीभन्दा पनि पछि रहेका थापा पनि डीआईजीबाट आफ्नो ब्याचको दोश्रो नम्बर अथवा पोखरेलपछिको वरियतामा आइपुगेका थिए।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै