०५ जेठ , काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आज गोरखाको सिरानचोक गाउँपालिका–४ घर भएका ३७ वर्षका प्रकाश रेग्मीलाई पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा २०७९ जेठ ३ प्रकाश रेग्मीलाई १ दिन कैद र ९ लाख जरिवाना हुने फैसला गरेको थियो । पक्राउ गरेर उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ । २०७६ कार्तिकमा उनले दिएको मुक्तिनाथ विकास बैंकको चेक बाउन्स भएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए ।




