०६ जेठ , काठमाडौं । पछिल्ला केही दिनहरुमा स्थानीय तहको चुनावका कारणले उपत्यका ट्राफिक प्रहरीमा कार्यरत ७ सय ट्राफिक प्रहरी विभिन्न जिल्लामा खटिएका छन् । यही मौका छोपेर काठमाडौंको विभिन्न स्थानहरुमा सवारी चालेको लापरबाही र हर्नको प्रयोगमा वृद्धि हुँदै गएको पनि देखिन्छ ।

उपत्यकाको विभिन्न ठाउँहरूमा सवारीसाधन चालकहरूकाे यस्तै लापरबाहीलाई मध्यनजर गर्दै आज देखि ट्राफिक प्रहरीले ‘हर्न निषेध’ विषेश अभिया सुरु गरेको उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी उमेश राज जोशीले बताए ।
जथाभावी हर्न बजाएर कोलाहल मच्चाउनेलाई ट्राफिक प्रहरीले आज मात्र ठुला-साना गरेर दुई सय भन्दा बढी सवारीसाधनलाई कारवाहीको दायरामा ल्यायकको ट्राफिक प्रमुख एसएसपी जोशीले जानकारी दिए । अनुसार उपत्यकाको मुख्यमुख्य सडक चोकमा सवारी साधनमार्फत ध्वनि प्रदूषण गर्ने हालसम्म धेरै चालकलाई कारवाही गरिसकेको बताए ।
कारवाहीमा पर्नेमा बढी मात्रामा उपत्यकाभन्दा पनि बाहिरी जिल्लाबाट भर्खर आएका चालक पर्ने गरेको प्रहरी महाशाखाले जानकारी गराएको छ । बाहिरी जिल्लाबाट आएका नयाँ चालक धेरै पर्छन् । नियम नै थाहा नभएकाले कतिपय अवस्थामा सचेत गराएर पठाउने गरिएको छ ।
एसएसपी जोशीका अनुसार गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ७ सय ट्राफिक प्रहरी विभिन्न जिल्लामा खटिएका र उनीहरू फर्किने क्रम पनि जारी रहेको बताएका छन् ।
अहिले उपत्यका ट्राफिक प्रहरीले यो ‘हर्न निषेध’ कार्यक्रम लागु गर्न निकै मिहिनेत गरेको वताए । यसमा स्वंय उपत्यका ट्राफिक प्रमख एसएसपी उमेश राज जोशी आफै कस्सिएर खटिएका छन् । उनको यो कामप्रति बातावरणप्रेमीदेखि सचेत नागरिकहरु निकै राम्रो काम भएको संज्ञा दिन्छन् ।



