Comments Add Comment

Advertisment

SKIP THIS

छायांकनको क्रममा घाइते भए विजय र सामन्था

१० जेठ , काठमाडौं । विजय देवरकोन्डा र सामन्था रथ प्रभु छायांकनको क्रममा घाइते भएका छन् । उनीहरु पछिल्लो समय कश्मीरको एक विषयमा बनिरहेको फिल्म ‘कुशी’ मा सँगै अभिनय गरिरहेका छन् ।

कश्मीरमा अभिनय गर्ने क्रममा नै उनीहरु दुबै घाइते भएका हुन् । फिल्मको निर्माण टिमसँग जोडिएको एक सदस्यले हिन्दोस्तान टाइम्ससँग कुराकानी गर्दै घाइते भएको जनाएका हुन् । उनले भने , ‘उनीहरू लिद्दर नदीको किनारमा छायांकन गरिरहेका थिए । त्यही क्रममा उनीहरु पानीमा लडेका हुन् । त्यो दृश्य जोखिमपूर्ण नै थियो’ ।

घाइते भएपछि नजिकको अस्पतालमा उपचार गरेर सेटमा फर्किएता पनि विजय र सामन्थाले छायांकन गर्न सकेनन् । उनीहरूले त्यो दिन रेस्ट गरेपछि मात्र छायांकन गरेका हुन् । ‘उनीहरूलाई छायांकनमा निकै कठिनाइ आएको थियो । किनकी उनीहरूको हड्डीमा चोट लागेको थियो’ ती सदस्यले भने ।

फिल्ममा विजयले आर्मी अफिसरको भूमिका निर्वाह गरेका छन् । फिल्म आउँदो डिसेम्बरमा तामिल, तेलुगु र मलयालम भाषामा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै