१२ जेठ , काठमाडौं । सात वर्षअघि आफ्नै विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेका राज खड्का पक्राउ परेका छन् । काठमाडौंमा लुकेर बस्दै आएका ३६ बर्षीय खड्कालाई सीआईबीकाे टिमले त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।
खड्का विरुद्ध छात्राले २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिइएकी थिइन । प्रहरीले समेत आवश्यक अनुसन्धान सकेर सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेपनि खड्का भने फरार थिए । तर पीडित युवतीले सामाजिक सञ्जालमा उनी विरुद्ध पोष्ट गरेपछि प्रहरीले उनकाे खाेजी थालेकाे थियाे ।
इटहरीस्थित तत्कालीन ब्लुमिङ लोटस ईंङलीस सेकेन्डरी स्कुलका प्रिन्सिपल रहेका खड्काले २०७२र७३ मा १५ वर्षको उमेरमा कक्षा ९ मा पढ्दै गर्दा होस्टेलमा बसेका बेला यी युवतीमाथि बलात्कार गरेको आरोप छ । यस्तै उनले उपचार गराउने बाहानामा धरानको एक होटलमा समेत लगेर जबरजस्ती गरेको पीडित युवतीको दाबी छ । खड्काले बलात्कार गरेको भिडियो बनाएर ब्ल्याकमेल समेत गरेको बताइएको छ ।



