Comments Add Comment

Advertisment

SKIP THIS

अभिनेत्री करिश्मा र बेनिशाले खोले सुन्दरताको राज

१३ जेठ , काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफूले सुन्दरताको लागि गुणस्तरयुक्त कस्मेटिकमा कहिल्यै पनि सम्झौता नगर्ने बताएकी छिन् । बाल्यकाल देखि नै आफू कस्मेटिक प्रति निकै सजक भएको उनको कथन छ । बिहीबार काठमाडौँमा एक समारोहबीच जापानको अन्तराष्ट्रिय उत्पादन ब्युटी कस्मेटिक ‘डि एच सी’ को स्किन सम्बन्धी विभिन्न २१ वटा उत्पादन सार्वजनिक गर्दै करिश्माले यस्तो भनाई राखेकी हुन् ।

हलिउडका कलाकारहरूले महत्वका साथ प्रयोग गर्दै आएको यो उत्पादन नेपालमा भित्रिएकोमा करिश्माले खुसी व्यक्त गरिन् । कार्यक्रममा करिश्मासँगै बेनिशा हमाल, गायिका तृष्णा गुरुङ, मोडल उषा उप्रेती, हिमाञ्चल ट्रेडिङका अध्यक्ष नारायण प्रसाद न्यौपाने, प्रबन्ध निर्देशक सुजन न्यौपाने, डि एच सीका नेपाल सेल्स म्यानेजर कमल भारतीले डि एच सीका २१ वटा उत्पादको संयुक्त लोकार्पण गरे ।

विश्वका मानिसहरको मन जितेर सबैलाई प्राकृतिक रूपमै सुन्दर बनाउँदै आएको सौन्दर्य सम्बन्धी अन्तराष्ट्रिय उत्पादन डि एच सीलाई आफूले सार्वजनिक गर्न पाउँदा निकै खुसी लागेको पनि करिश्माले बताइन् । जापानमा कस्मेटिक अवार्ड जितेको यो उत्पादन प्रति आफू विश्वस्त भएको पनि करिश्माले बताइन् ।

यस्तै अभिनेत्री बेनिशा हमालले विश्वमा प्रति सेकेन्ड कम्तिमा एक उत्पादन बिक्री हुने डि एच सी आफूहरूको लागि झनै उपयोगी हुने गरेको उनले बताइन् । नायिका भएका कारण आफू छालाको सुन्दरता र स्वास्थ्य प्रति निकै सजग भएको र विदेशबाट मगाउने गरेको यो उत्पादन अब नेपालमै किन्न पाउँदा आफूहरू झनै खुसी भएको पनि उनले बताइन् । मोडल उषा उप्रेतीले नारीहरूको सुन्दरतामा ब्युटी उत्पादनको निकै महत्व हुने गरेको बताइन् । नक्कली कस्मेटिक सामग्रीले छालालाई असर पारेको बेला यो अन्तराष्ट्रिय क्षेत्रमै लोकप्रिय जापानिज उत्पादन डि एच सीले नेपालीहरूको सुन्दरतामा अझ निखार ल्याउने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै