Comments Add Comment

Advertisment

SKIP THIS

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग्यास बोकेको बुलेटमा आगलागी

१३ जेठ , काठमाडौं । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग्यास बोकेको बुलेटमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–२९ को १५ किलोमा युपि १७ एटि ८६२७ नम्बरको बुलेटमा आज दिउँसो आगलागी भएको हो ।

बिग्रिएर मर्मतका लागि रोकी राखेको बुलेटमा वाइरिङ सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए । आगलागीबाट बुलेटमा पूर्णरुपमा क्षति पुगेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बुलेटमा ग्यास भए पनि आगोले टिप्न नपाएको र सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै