Comments Add Comment

Advertisment

SKIP THIS

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

१७ जेठ , काठमाडौं । पोखरा महानगरपालिका-४ चिप्लेढुङ्गास्थित पर्वत कुस्मा नगरपालिका-१३ बस्ने जय परियारको साननानी दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका-१५ बस्ने स्याङ्जा वालिङ नगरपालिका-३ घर भएका २४ वर्षीय दिपक गुरूङ लगायत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त दोहोरी साँझभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ६ सय ५० रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment