Comments Add Comment

Advertisment

SKIP THIS

बागमती प्रदेशलाई प्रविधियुक्त बनाउने मुख्यमन्त्री पाण्डेको घोषणा

१८ जेठ , काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेशलाई प्रविधिसँग जोड्दै सबै क्षेत्रमा डिजिटलाइजेशन गरिने अभियानमा लागिएको बताएका छन् ।

हेटौँडामा आज आयोजित ‘डिजिटल बागमती’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यन्मत्री पाण्डेले सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रदेशलाई डिजिटल बनाउने अभियानलाई समेटेको बताए।

“अबका बजेटमा पनि डिजिटल बागमतीको विषय समावेश हुन्छ, डिजिटल प्रविधिको विकासबाट समाजमा सकारात्मक परिवर्तन आउनेमा प्रदेश सरकार स्पष्ट छ, त्यसैले प्रदेशलाई प्रविधियुक्त बनाइन्छ”, उनले भने ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले हेटौँडालाई प्रविधियुक्त बनाउन विद्युत् समस्या रहेको बताइन् । उनले प्रविधिको चाहनाबिना परिवर्तन असम्भव रहेकाले भौतिकवादी युगमा प्रविधिसँग जोडिनुपर्ने आवश्यकता औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै