Comments Add Comment

Advertisment

SKIP THIS

कारको ठक्करबाट एक युवकको मृत्यु

१९ जेठ , काठमाडौं । पूर्वी चितवनको खैरहनीमा भारतीय कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने २१ वर्षीय विश्वास गुरुङ छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–९ सिमलटाँडीमा बुधबार साँझ भारतीय कारको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

लोथरबाट नारायणगढतर्फ आउँदै गरेको जेएच ०१ डिएक्स ७७३९ नम्बरको भारतीय कारले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

पौडी खेल्ने क्रममा एक युवकको मृत्यु

सवारी दुर्घटनामा एक युवकको मृत्यु

Advertisment

छुटाउनुभयो कि? सबै

ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु

गोली लागेर एक युवकको मृत्यु