Comments Add Comment

Advertisment

SKIP THIS

गोली लागेर एक युवकको मृत्यु

०१ बैशाख , काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ मा गोली लागेर एक युवकको मृत्यु भएको छ । गोली लागेर जितपुर सिमरा उपमहानगरपालिका– १६ का २८ वर्षीय सागर सिञ्जालीको मृत्यु भएको हो ।

गोली गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहीवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले बताए । राती गाउँका अन्य युवाहरूसँगै गाउँ नजिकैको धर्मनगरस्थित बालगंगा नदीमा पुगेका सिञ्जाली शिकारीले चलाएको गोली लागेर गम्भीर घाइते भएका थिए । स्थानीयको सहयोगमा उनलाई उपचारका लागि वीरगञ्जस्थित वयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

प्रहरीका अनुसार मृतकको शव अस्पतालमै राखिएको र घटनाबारे थप विवरण आउन बाँकी छ । वन क्षेत्र नजिकै रहेका बस्तीका मानिसहरू घरेलु हातहतियार तथा भरुवा बन्दुकबाट वन्यजन्तुको चोरी शिकारी गर्दै आएका स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

पौडी खेल्ने क्रममा एक युवकको मृत्यु

सवारी दुर्घटनामा एक युवकको मृत्यु

Advertisment

छुटाउनुभयो कि? सबै

पौडी खेल्ने क्रममा एक युवकको मृत्यु

सवारी दुर्घटनामा एक युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु

ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु