Comments Add Comment

अछाम हत्या प्रकरण : ५ आरोपी पक्राउ

२५ जेठ , काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाही मृत्यु प्रकरणमा हत्याका आरोपीत ५ जना पक्राउ परेका छन् । सिआइबीले मंगलबार साँझ ती ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले भने’ ‘सिआइबीले हिजो साँझ ५ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ। अहिले घटनाको अनुसन्धान सिआइबीले नै गरिरहेको छ,’।

मध्यपहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ कुच्चीको भिरको खोँचमा उनको शव फेला परेको थियो। निर्वाचनका क्रममा शाही एमालेको प्रचारमा सक्रिय थिए। जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको द्वन्द्वपछि बेपत्ता भएका शाहीको शव शनिबार बिहान स्थानीयले भेटेका थिए ।

कांग्रेसको योजनाअनुसार हत्या भएको मृतकका आफन्तले आरोप लगाएका छन्। शव फेला परेको ५ दिनसम्म पनि शव उठाउन दिएका छैनन्। घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्त तथा स्थानीयले निरन्तर जिल्लाका विभिन्न स्थानहरूमा आन्दोलन जारी राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै