Comments Add Comment

Advertisment

SKIP THIS

टोकियो ओलम्पिकमा गौरिकाले नेपाली झण्डा बोक्ने

२९ आषाढ ,काठमाडौ । पाँच खेलाडी र चार प्रशिक्षकसँगै टोकियो ओलम्पिकमा २६ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउने भएको छ ।

नेपाल ओलम्पिक कमिटीले मंगलबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो । कमिटीका अनुसार प्रतियोगिताको उद्घाटन समारोहमा हुने मार्च पासमा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंहले नेपालको झण्डा बोक्नेछिन् ।

टोकियो ओलम्पिक २०२० यही सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालले सबैभन्दा पहिले सन् १९६४ मा टोकियो ओलम्पिकमै भाग लिएको थियो । अब फेरि टोकियोमै अर्को संस्करणको ओलम्पिक हुँदैछ ।

यसपल्टको टोकियो ओलम्पिक नेपाल सहभागी १४ औं संस्करण हुनेछ । सहभागी हुने खेलाडीमा पौडीकी गौरिका र एलेक्जान्डर ग्याडिगाड शाह, सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट तथा एथलेटिकसका सरस्वती चौधरी रहेका छन् । गौरिकाले वुमेन्स १०० सय मिटर फ्रि स्टाइल र एलेन्जान्डरले मेन्स १०० मिटर फ्रि स्टाइलमा खेल्ने छन् ।

कल्पनाले वुमेन्स १० मिटर एयर राइफल, सोनियाले वुमेन्स ४८ केजी तौल समूह तथा सरस्वतीले वुमेन्स १०० मिटर दौडमा सहभागिता जनाउने छन् ।प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्राकुमारी मल्ल रहेका छन् ।

त्यसमध्ये पौडीका दुई र एथलेटिक्सका एक खेलाडीले ‘युनिभर्सियालियाटी प्लेस’ अन्तर्गत खेलमा सहभागिता जनाउने छन् भने बाँकी दुई खेलाडी आमान्त्रित अर्थात ‘वाइल्ड कार्ड’ को आधारमा सहभागी हुनेछन् ।

नेपाली टिमको ‘सेफ द मिसन’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल हुनेछन् । टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टिमको तयारी २०१९ को मे महिनाबाट सुरु भएको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ९आईओसी० ले प्रदान गरेको ओलम्पिक छात्रवृत्तिमा ७ खेलका १२ खेलाडीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै