Comments Add Comment

Advertisment

SKIP THIS

ठूलो मात्रामा नेपाली र भारतीय रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

२६ जेठ काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हुण्डी कारोबारी ५४ वर्षीय कमल साह कलवारलाई पक्राउ गरेको छ ।

काठमाडौंको टंकेश्वर कालीमाटी एरियाबाट गैरकानूनी रुपमा हुण्डीको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा साहलाई अबैध पैसासहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

साह जेठ २१ गते पक्राउ परेका हुन् । बारा जिल्लाको पचरौता नगरपािलका– ७ घर भई काठमाडौं– १३ बस्दै आएका साह साथबाट स्रोत नखुलेको नेपाली रुपियाँ १७ ला ६६ हजार ३ सय र भारतीय रुपियाँ १२ लाख ८ हजार ७ सय गरी सैंतीस लाख दुई सय बीस रुपियाँसहित पक्राउ गरिएको छ ।

थप अनुसन्धान एवं कारवाहीको लागि साहलाई राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै