Comments Add Comment

Advertisment

SKIP THIS

श्रीकालीचौरमा केकी र आँचलको ‘झिँगेदाउ’ गीत (फोटो फिचर)

२६ जेठ , काठमाडौं । कमब्याकको तयारीमा रहेका निर्देशक ज्ञानेन्द्र देउजाले फिल्म ‘झिँगेदाउ’ को गीतलाई ललितपुरको भैँसेपाटीस्थित श्रीकालीचौरमा खिचेका छन् ।

‘ए माया तिमीबिना जीवन चल्दैन’ बोलको गीतसँगै फिल्म छायांकन पनि सकिनेछ । रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतमा फिल्मका मुख्य कलाकार मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा र कुशल विष्ट फिचर्ड छन् ।

डेढ दशकअगाडि व्यवसायिक सफल फिल्म निर्देशकका रुपमा चिनिने ज्ञानेन्द्र केही समय यता भने निर्देशनबाट टाढिएका थिए। तर, अब उनले यसै फिल्म मार्फत निर्देशक र निर्माणमा कमब्याक गर्दैछन् ।

महिला विषयवस्तुमा केन्द्रित फिल्म साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित रहेर निर्माण भएको हो। फिल्ममा प्रदीप भारद्वाजको लेखन, अर्जुन पोखरेलको संगीत, मित्र डी गुरुङको सम्पादन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै