Comments Add Comment

Advertisment

SKIP THIS

आईसीसी पुरुष विश्वकप लिग २ : नेपाल र अमेरिका भिड्दै

२८ जेठ , काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत शनिबार नेपाल र अमेरिका भिड्दै छन् । अमेरिकाको टेक्ससस्थित मुसा क्रिकेट स्टेडियममा हुने खेलमा नेपाल र अमेरिका नेपाली समय अनुसार राति पौने १० बजे आमने सामने हुनेछन् ।

आजको खेल जितेर नेपाल यस सिरिजको पहिलो जित निकाल्ने योजनामा रहेको छ । अमेरिका भने दोस्रो जितको खोजीमा रहेको थियो । यसअघि भएको खेलमा भने नेपालले ओमानसँग १३ रनको पराजय व्यहोरेको थियो ।

लिग टुमा नेपाल १२ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ भने अमेरिका २० अङ्कसहित चौथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै