Comments Add Comment

Advertisment

SKIP THIS

सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की स्वदेश फिर्ता

२८ जेठ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रुवाण्डामा आयोजित ‘वल्र्ड टेलिकम्युनिकेशन डेभलभमेन्ट कन्फ्रेन्स’ मा सहभागी भएर स्वदेश फर्केका छन् ।

नेपाल सरकारका प्रवक्ता कार्की अन्तर्राष्ट्रिय दूरसञ्चार संघको नियन्त्रणमा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय दूरसञ्चार संघ र रुवाण्डा सरकारको संयुक्त आयोजनामा किगालीमा भएको सम्मेलनमा भाग लिन गत हप्ता त्यसतर्फ प्रस्थान गरेका थिए ।

यस वर्षको मूल नारा ‘कनेक्टिङ द अनकनेटेड टु एचिभ सस्टेनेभल डेभलभमेन्ट’ रहेको सम्मेलनमा मन्त्री कार्कीले सन् २०२५ सम्ममा देशमा डिजिटल नेपाल फ्रेमवर्कको अवधारणाअनुरुप विद्युतीय रुपान्तरणका लागि सम्पूर्ण कार्यसम्पन्न गरिसक्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।

सम्मेलनबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पत्रकारलाई जानकारी गराउँदै उनले नेपाल सरकारको भौतिक कठिनाइको बाबजुद दूरदराजका सबै स्थानहरू दूरसञ्चारको सञ्जालमा जोडिसक्ने विषषवस्तु राखेको बताए ।

सम्मेलनमा मन्त्री कार्कीले जापान, अमेरिका, चीन लिथुवानिया र अजरबैजानका समकक्षी तथा विशिष्ट सहभागीहरूसँग भेटघाट गरी दूरसञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा द्विपक्षीय हित र सहयोगका सम्बन्धमा छलफलसमेत गरेका छन् ।

‘अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको एसिया एण्ड प्यासिफिक सिजनका क्षेत्रीय निर्देशकसँगको छलफलमा क्षेत्रीय निर्देशकले नेपाललाई विपद् व्यवस्थापनमा अत्यावश्यक आकस्मिक समिति तथा ई–वयस्ट म्यानेजमेन्टलगायत विषयमा सहयोग उपलब्ध गराउने सम्बन्धमा सकारात्मक धारणा राख्नुभएको थियो’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भ्रमण टोलीमा मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र नेपाल दूसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै