Comments Add Comment

Advertisment

SKIP THIS

ज्याक्विनको जोडी लेडी गागा ?

३१ जेठ , काठमाडौं । निर्देशक टोड फिलिप्सले ज्याक्विन फोनिक्सका लागि जोडीको रुपमा लेडी गागालाई लिन लागेको चर्चा छ । फिलिप्सले केही दिनअघि मात्र सामाजिक सञ्जालमा ‘जोकर’ को स्क्रिप्ट सार्वजनिक गरेका थिए । ‘फोलिय अ डिउक्स’ लग लाइन भएको स्क्रिप्टले अबको कथा मानसिक स्वास्थ्यमा आधारित रहने अनुमान गरिएको छ । टोडले यही स्क्रिप्ट ज्याक्विनले पनि पढिरहेको फोटो सार्वजनिक गरेका थिए ।

यता लेडी गागाले पनि निर्वाह गर्न लागेको चरित्रको बारेमा थप जानकारी सार्वजनिक भइसकेको छैन । तर अनुमान अनुसार उनले साइकियाट्रिकको भूमिका निर्वाह गर्न लागेको चर्चा छ जोसँग जोकर प्रेममा पर्छ । योबाहेक सिक्वेल म्युजिकल हुने पनि चर्चा छ ।
सन् २०१९ मा रिलिज भएको हलिउड फिल्म ‘जोकर’ ले राम्रै चर्चा पायो । ज्याक्विन फिनिक्सको अभिनयले पनि उतिकै चर्चा पायो । उनले यसै फिल्म मार्फत अभिनेता तर्फको ओस्कार अवार्ड समेत जिते । टड फिलिप्स निर्देशित फिल्मको सिक्वेल बन्ने भएको छ । दोस्रो सिक्वेलको टाइटल ‘जोकर : फोलिय अ डिउक्स’ राखिएको छ। जोकरको यस सिक्वेललाई स्कट सिल्भर र फिलिप्सले लेख्ने छन्। ‘जोकर’ सिक्वेलमा पनि ज्याक्विन नै मुख्य भूमिकामा देखिने समेत फिलिप्सले पुष्टि गरेका छन्। निर्देशक टोड फिलिप्सले ज्याक्विन फोनिक्सका लागि जोडीको रुपमा लेडी गागालाई लिन लागेको चर्चा छ ।

फिलिप्सले केही दिनअघि मात्र सामाजिक सञ्जालमा ‘जोकर’ को स्क्रिप्ट सार्वजनिक गरेका थिए । ‘फोलिय अ डिउक्स’ भनिएको स्क्रिप्टले अबको कथा मानसिक स्वास्थ्यमा आधारित रहने अनुमान गरिएको छ । टोडले यही स्क्रिप्ट ज्याक्विनले पनि पढिरहेको फोटो सार्वजनिक गरेका थिए । यता लेडी गागाले पनि निर्वाह गर्न लागेको चरित्रको बारेमा थप जानकारी सार्वजनिक भइसकेको छैन । तर अनुमान अनुसार उनले साइकियाट्रिकको भूमिका निर्वाह गर्न लागेको चर्चा छ जोसँग जोकर प्रेममा पर्छ । योबाहेक सिक्वेल म्युजिकल हुने पनि चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै