Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा एकै दिन २३ सय १९ जना सवारी चालकमाथि कारबाही

१ असार , काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन २ हजार ३१९ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४८ जना, मदिरा पिएर सवारी साधन चलाउने १०९ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने १०० जना, लेन उल्लङ्घन गर्ने ८५ जना, तीव्र गतिमा सवारी साधन चलाउने ७६ जना चालक रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ७६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५० जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३९ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरू पनि कारबाहीमा परेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै