Comments Add Comment

Advertisment

SKIP THIS

खोलामा डुबेर दुई जनाको मृत्यु

१ असार , काठमाडौं । नुवाकोट र नवलपरासी (पश्चिम) खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थित तोरी स्वाँरा खोलामा डुबेर सोही नगरपालिका–६ सिउरानी बस्ने ६५ वर्षीय मुराली सार्कीको मंगलबार साँझ मृत्यु भएको छ । नवलपरासी (पश्चिम) को पाल्हिनन्दन गाउँपालिका–२ झरही खोलामा डुबेर सोही गाउँपालिका सुगौली बस्ने धर्मेन्द्र हरिजनको छोरा ११ वर्षीय पवन हरिजनको मंगलबार मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment