१ असार , काठमाडौं । धरान १० को जनहित गेष्ट हाउसमा वीरगञ्जकि युवतिले झुण्डिएर आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक जना डाक्टरलाई भेट्न आएकी पर्साको वीरगञ्ज घर भएकी २७ बर्षीया प्रकृति सुवेदीले झुण्डिएर आत्महत्याको प्रयास गरेको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायले जानकारि दिए ।
युवति यसअघि काठमाण्डौंमा होस्टलमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ । युवती काठमाण्डौंमा एक कन्सल्टेन्सीमा कार्यरत कर्मचारी हुन्। युवती प्रतिष्ठानमा कार्यरत डा.करण यादवलाई भेट्न हिजो मंगलबार धरान आएको खुलेको छ । डा.यादवले नै उनलाई होटल जनहितमा लगेर राखेका थिए । आज दिउँसो करिब १ बजेतिर ती युवतीले कोठाको तन्नाले पाशो लगाएर आत्महत्याको प्रयास गरेकी थिइन् । गम्भीर अवस्थामा रहेकी युवतीको प्रतिष्ठानकै आइसियुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक रायले डा.यादवसँग फोन सम्पर्क भएर नै ती युवती धरान आएको पाइएको बताए । दुवैको फोन कन्ट्याक्ट भएकाले डा.यादवलाई सोधपुछको लागि प्रहरी कार्यालयमा राखिएको छ । यादवले प्रहरीलाई युवति संग जिनजान मात्र भएको बताएका छन्। युवतिको स्वास्थ्य गम्भीर रहेको र युवतिको स्वर खुलेपछि मात्र अनुसन्धानको नजिक पुग्ने प्रहरीको भनाई छ । आइसियुमा उपचार भइरहेको छ ।







