Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरका एक जना लागूऔषधसहित काठमाडौँबाट पक्राउ

४ असार , काठमाडौँ । प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले शुक्रबार बेलुकी भक्तपुर नगरपालिका ४ का ५१ वर्षीय राजन भेलेलाई काठमाडौँको नागर्जुनबाट पक्राउ गरेको हो।

डाइजेपाम २४५ एम्पुल, फेनेरगन २७६ एम्पुल, नुफिन २७३ एम्पुल र मोबाइलसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

नागार्जुन नगरपालिका ६ जयन्ती गाउँमा डेरा गरी बस्ने भेलेले आफ्नो कोठामा लागूऔषध जम्मा गरी कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै