Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा एआईजी रविन्द्र धानुकको आगमन सङै जुवाडे,तस्कर र गुन्डाहरु भागाभाग

उपत्यका प्रहरी प्रमुखको कार्यभार सम्हाले लगत्तै एआईजी रविन्द्र धानुक ‘एक्सन’मा उत्रिएका छन् । विगत केही समयदेखी खस्कँदै गएको राजधानीको शान्ति सुरक्षालाई चुस्त दुरुस्त पार्ने जिम्मेवारी र योजनासहित उपत्यकाको कमाण्ड सम्हालेका एआईजी धानुकले आफू मातहतलाई कडा निर्देशन समेत दिएका थिए ।

एआईजी धानुकले आफू मातहत तिन वटै जिल्लाका प्रहरी प्रमुख र वृत्तका प्रमुखहरुलाई निर्देशनकै क्रममा समाजमा शान्ती सुरक्षा कायम गरी अपराधको अनुसन्धान गर्ने क्रममा कसैको पनी अनुहार नहेरी जो कोही भएपनी कानून अनुसार सबैलाई कारवाही गर्न निर्देशन दिएको बताएका छन् ।

उपत्यकाको समग्र शान्ति सुरक्षा व्यवस्थापन तथा अवैध गतिविधि नियन्त्रण निकै चुनाैतिकाे विषय हाे । उपत्यकामा एआईजी रविन्द्र धानुक आए सङै केही दिन अघि मात्र नेपाल प्रहरीले अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट एक अर्ब रुपैयाँ भन्दा धेरैको सेतो हेरोइनसहित सात जना विदेशीलाई पक्राउ गर्न सफल रह्यो । यो नेपाल प्रहरीको लगि निकै सफलता हो ।

एआईजी रविन्द्र धानुकले कानुनले बन्देज गरेका गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी रातदिन जतिबेला पनि खटिरहेकाे बताउँछन् । कानुन कार्यनयन र नागरिकलाई शान्ति सुरक्षाकाे प्रत्याभूति दिलाउने काम नेपाल प्रहरीकाे हाे उहाले बताउनु भयो ।

एआईजी रविन्द्र धानुक भन्छन् । हामी हाम्रो काम कर्तव्य र जिम्मेवारी प्रति प्रतिबद्ध छाै,उत्तिकै नागरिकको सहकार्य पनि आवश्यक छ भन्छन् । उसाे त उपत्यकाको प्रहरी प्रमुखको जिम्मेवारी पाए देखि नै गुण्डागर्दि नियन्त्रण,अवैध गतिविधि ध्वस्त बनाउने कार्यक्रममा एआईजी धानुक आक्रमक रुपमा अगाडि बढिरहेका छन् । काठमाडौका विभिन्न ठाउँमा हुने अवैध जुवा तासकाे अखडा टोले गुन्डागर्दी भत्काउनु अहिले एआईजीको मुख्य अभियान रहेको छ । एआईजी धानुकले उपत्यकाको धेरै जसो डिस्कोथेकमा झै झगडा बढेपछि रात्रीकालिन व्यवसायमा कडाई गर्न मातहतलाई निर्देशन दिएका हुन् । डिस्को, लाउन्ज बार, डान्स बार, दोहोरीलगायत रात्रीकालिन व्यवसायीको मालिक र बाउन्सरहरुको फोटोसहित तीनपुस्ते अभिलेख राख्न धानुकले आदेश दिएका छन् ।

यसको लागि उनलेे विभिन्न तरवर तरिकाबाट अप्रेसन चलाइरहेका छन् । यहि गतिकाे कारणले काठमाडौ बाट ठुलो नगद सहित धेरै संख्यामा तस्करी,गुन्डा र जुवाडेहरु धमाधम पक्राउ पर्न थाल्यका छन् । एआईजी रविन्द्र धानुकको कडा निर्देशन सङै अहिले काठमाडौंका धेरै टाेले गुन्डाहरुको त उठिबास नै लागेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै