६ असार , काठमाडौं । मानसिक सन्तुलन ठीक नभएकी महिलालाई जबरजस्ती करणी गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१ का ३५ वर्षीय उमाशंकर गिरी छन् । उनलाई पर्सा जिल्ला अदालतको २०७० जेठ १७ गतेको फैसलाले ५ वर्ष कैद तोकिएको छ । वडा प्रहरी कार्यालय विर्ता वीरगन्जबाट खटिएको फैसला कार्यान्वयन विशेष टोलीले आइतबार बिहान ११ बजे वीरगन्ज–१ छपकैयाबाट गिरीलाई पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालतमा बुझाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।गिरीले २०६९ जेठ २ गते राति १२ बजेको समयमा वीरगन्जमा नाम ठेगाना बताउन नसक्ने मानसिक सन्तुलन ठीक नभएकी करिब २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार रहेको अभियोग थियो ।




