१६ जेठ , काठमाडौं । दार्चुला जिल्लाको व्यास गाउँपालिका १ स्थित अपिबाट सशस्त्र प्रहरीले जेठ १५ गते लेक लागि अचेत अवस्थामा रहेका सोही गाउँपालिका ४ सुनशेरा बस्ने २८ वर्षिय राम लोहारलाई सकुशल उद्वार गरेको छ ।
यार्सागुम्वा संकलन गर्न गएका लोहार लेक लागि अचेत अवस्थामा रहेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाबाट खटिएको सशस्त्र प्रहरीले सकुशल उद्वार गरी उपचारको लागि दार्चुलातर्फ पठाएको छ ।








