७ असार , काठमाडौं । खेलकुदमन्त्री महेश्वर गहतराजले मक्का मदिनामा हज गर्न जाने १ सय ४ हजयात्रीलाई बिदाइ गरेका छन् ।
मंगलबार बिहान विभिन्न जिल्लाका हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् । मक्का मदिना मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल हाे ।
आफ्नो गृहनगर बाँकेका साथै बर्दिया, सुर्खेत, दाङ र अर्घाखाँचीबाट हजका लागि मक्का मदिना जान लागेका हजयात्रीलाई दोसल्ला ओढाएर बिदाइ गरेका हुन् ।
उनीहरू साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्का मदिना पुग्ने नेपाल हज समितिले जनाएको छ ।




