Comments Add Comment

Advertisment

SKIP THIS

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पुरानो बानेश्‍वरबाट पक्राउ

८ असार , काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

उदयपुरको रौतामाई गाउँपालिका-४ घर भई हाल कागेश्वरी नगरपालिका-८ गोठाटार बस्‍ने ३२ वर्षीय दौलत विक्रम राउतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पुरानो बानेश्वरबाट पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७८ साल चैत २५ गते राउतलाई १ लाख ४० हजार जरिवाना र १ दिन कैद सजायको फैसला सुनाएको थियो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत, तहसिल शाखा, लगनखेलमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै