Comments Add Comment

Advertisment

SKIP THIS

कारागारमा एक कैदीको मृत्यु

१० असार , काठमाडौं । महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएका थिए । उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वरमा लगिएकोमा चिकित्सकले उनलाई बिहान साढे २ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतक कैदी राजकरणको शरीरमा कुनै पनि घाउ चोटलगायत चिह्न सङ्केतहरु देखिएको छैन भने उनको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै