Comments Add Comment

Advertisment

SKIP THIS

फरि प्रधानमन्त्री बन्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्छु : प्रचण्ड

१० असार , काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फरि नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्दै अघि बढने बताएका छन् ।

अध्यक्ष प्रचण्डले देशमा अहिलेको परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै भने, “अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देशमा देखा परेका यी तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मन भित्र छ ।”

नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको बताए ।

अध्यक्ष प्रचण्डले पहिलो चोटी प्रधानमन्त्री हुँदा त झिलिमिली झिलीमिलीमै गएको उनले बताए । यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौ महिला बितेको प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै