Comments Add Comment

Advertisment

SKIP THIS

ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क महिला स्वास्थ्य शिविर

१३ असार , काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले “ग्लोबल आइएमई स्वस्थ नारी पहल अभियान” अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्य चौकी, सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१६ स्थित सानीलेख स्वास्थ्य चौकी, बैतडीको पञ्चेश्वर गाउँपालिका–५ स्थित गिरेगाडा स्वास्थ्य चौकी, डोटीको पूर्वीचौकी गाउँपालिकास्थित साना गाउँ स्वास्थ्य चौकी, दार्चुलाको महाकाली नगरपालिका–७ स्थित धाप स्वास्थ्य चौकी र दैलेखको नारायण नगरपालिका–५ स्थित त्रिवेणी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।

बैंकद्वारा आयोजित स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञहरुले ७५७ जना महिलाहरुलाई स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएका थिए । नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित गाउँपालिका/नगरपालिकाको समन्वयमा बैंकले यी स्वास्थ्य शिविरहरु आयोजना गरेको होे ।

शिविरमा महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सरको परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार तथा निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका १जना बिरामी र पाठेघरको क्यान्सरको गम्भीर अवस्था भएका ६ जना बिरामी पहिचान गरिएका छन् । जसलाई स्वस्थ नारी पहल अभियान कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment