Comments Add Comment

Advertisment

SKIP THIS

ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क महिला स्वास्थ्य शिविर

३० जेठ , काठमाडौैं । ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नम्बर ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्करुपमा उपलब्ध गराएको बैंकले जनाएको छ । शिविरबाट १५० जना भन्दा बढी महिलाहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

बैंकद्वारा आयोजित उक्त शिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा सम्पन्न भएको थियो ।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गर्दै आएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment