Comments Add Comment

Advertisment

SKIP THIS

माधवको प्रतिवेदनमा राजनीतिक धारको चरित्र विश्लेषण

१३ असार , काठमाडौं । केपी शर्मा ओलीले प्रतिनिधिसभा विघठन गर्दै संविधानमाथि प्रहार गरेर प्रतिगमनको बाटो रोजेपछि देश राजनीतिक रुपमा ध्रुविकृत छ ।

ओली प्रतिगमनसँगै एमाले र माओवादीको एकतापछि बनेको नेकपा विभाजन भयो । त्यसपछि एमाले पनि विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन भएको छ ।

ओली प्रतिगमनदेखि नै देश ध्रुविकृत भयो । मुलतः प्रतिगमनको पक्ष र विपक्षमा ध्रविकृत राजनीति पछिल्लो स्थानीय तह निर्वाचनसम्म आइपुग्दा पनि कायमै छ । यसले आगामी आम निर्वाचनसम्म निरन्तरता पाउने देखिन्छ ।

यसबीचमा सबै सत्ता गुमाउँदै एमाले सडकमा पुगेको छ भने नेकपा एक हुँदा सरकारको कल्पना नै नगरेको नेपाली कांग्रेको नेतृत्व देश अघि बढेको छ ।

काठमाडौंमा नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद बैठक जारी छ । हालै सचिवालय समिति, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीको बैठक सम्पन्न भयो ।

सम्पन्न सबै बैठकमा अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा छलफल भएको छ । जारी केन्द्रीय परिषदमा छलफल भएपछि उक्त प्रतिवेदन परिमार्जनसहित पारित हुनेछ ।

अध्यक्ष नेपालको ३४ पृष्ट लामो प्रतिवेदनलाई १२ बुँदामा प्रस्तुत गरिएको छ । प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्ययोजनासम्म समेटिएको छ । राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गरिएको छ ।

अध्यक्ष नेपालले नेपालको वर्तमान राजनीतिक शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी र वाम–लोकतान्त्रिक’ गरी दुई धारमा ब्याख्या गरेका छन् ।

एमाले नेतृत्वको शक्तिलाई अध्यक्ष नेपालले ‘दक्षिणपन्थी अवसरवादी धार’ भनेका छन् भने एकीकृत समाजवादीसमेत सम्मिलित पाँच दलीय गठबन्धनलाई ‘वाम–लोकतान्त्रिक धार’को रुपमा व्याख्या गरेका छन् ।

प्रतिवेदनमा अध्यक्ष नेपालले भनेका छन्– ‘मुुलुक यतिबेला राजनीतिक रूपले मूलतः दुई धारमा विभाजित छ । एउटा व्यक्तिवादी अहङ्कार, स्वेच्छाचारी, निरङ्कुश, अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति बोकेको दक्षिणपन्थी अवसरवादी धार र अर्को संविधानको पूर्ण कार्यान्वयन गर्दै त्यसले निर्देश गरेको दिशामा मुलुकलाई अगाडि बढाउन चाहने वाम–लोकतान्त्रिक धार । अघिल्लो प्रवृत्तिको मूल बाहक केपी ओली हुन् भने वाम–लोकतान्त्रिक धारका अगुवा पाँच दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरू हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै